काठमाडौं । नेपालको सङ्घीय संसद् भवनमा संसद्को गतिरोध हटाउने प्रयासस्वरूप तीव्र छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच बिहानदेखि गहन छलफल जारी छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सरकारी प्रतिबद्धताको मागलाई लिएर विपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि यो छलफल केन्द्रित भएको नेताहरूले बताएका छन् ।
प्रचण्डले खड्कासँगको भेटअघि विपक्षी गठबन्धनका नेताहरूसँग पनि छलफल गरेका थिए । माओवादी केन्द्रका अध्यक्षको कार्यकक्षमा बसेको उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, र नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए । बैठकमा भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि सरकारले संसदीय समिति गठन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो, तर विपक्षीको अवरोधका कारण बैठक बस्न सकेको छैन । भिजिट भिसा प्रकरणमा सरकारको जवाफदेहिता र पारदर्शिताको माग गर्दै विपक्षी दलहरूले संसद् सुचारु हुन नदिने अडान लिएका छन् ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend