काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न आग्रह गरेका छन् । आज शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले नागरिकता सम्बन्धी समस्याको समाधानका लागि यो विधेयक महत्त्वपूर्ण रहेको बताए ।
गृहमन्त्री लेखकले कानूनी जटिलताका कारण धेरै युवा नागरिकताविहीन भएको उल्लेख गर्दै सरकारले सबैको समस्या समाधान गर्ने गरी विधेयक ल्याएको दाबी गरे । उनले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्न थप सहजता ल्याउने र विदेशमा जन्मेका नेपाली नागरिकका सन्तानको बाबुको नाम नखुलेको अवस्थालाई समेत सम्बोधन गर्ने प्रावधान विधेयकमा समावेश गरिएको जानकारी दिए ।
यसैगरी, गृहमन्त्री लेखकले गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र त्यसलाई पनि अघि बढाइने बताए। समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनमै विधेयक पारित गर्ने गरी छलफल तीव्र पारिएको बताए। उनले अर्को बैठकमा गैरआवासीय नेपालीसँग थप छलफल गरिने जानकारी दिए । यो विधेयकले नागरिकता सम्बन्धी लामो समयदेखिको जटिलता समाधान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend