Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा घुमुवाको चकचकी, आईजीपी र डीआईजीको नाममा असुली


    शुक्रबार, जेष्ठ २३ २०८२
    2.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाको नाम लिंदै सर्लाही जिल्लामा प्रहरीका बदनाम घुमुवाहरुले जुवा लगायतका अवैध धन्दा सञ्चालन गर्न छुट दिएका छन् ।

    चितवनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) रहेका बेला सँगै काम गरेको भन्दै असई रामप्रवेश यादवले आईजीपी थापाले खटाएको दाबी गर्दै हाल उनले सर्लाही जिल्लामा खुलारूपमा जुवा तथा अवैध असुली कार्यमा संलग्न रहेका छन् ।

    लालबन्दी नगरपालिका–१ नवलपुर चोकस्थित नागेन्द्र चौधरीको घरमा असई यादवले खुलेआम जुवा अखाडा सञ्चालन गर्न छुट दिएका थिए । ‘आईजीपी साबकै आदेशमा आएको हुँ’ भन्दै उनले नवलपुरमात्र नभई सर्लाहीका अन्य स्थानहरूमा पनि यसैको आडमा अवैध क्रियाकलाप विस्तार गरेको स्थानीयवासीहरूले बताएका छन् ।

    नवलपुरमा जुवा खेलाएको जानकारी प्रहरीको उच्चतहमा पुगेपछि असई यादवले स्थान परिवर्तन गरी पुनः सोही धन्दा सञ्चालन गर्न थालेको खुलेको छ । हाल यादवले नागेन्द्र चौधरीको घर छोडेर सर्लाहीकै कविलासी नगरपालिका अन्तर्गत गैर क्षेत्रमा पुनः अवैध जुवा धन्दा सञ्चालन गरिरहेको पुष्टि भएको छ ।

    विश्वसनीय स्रोतका अनुसार, सर्लाही आइपुगेदेखि असई यादवले हालसम्म ५० लाख रुपैयाँभन्दा बढी रकम अवैध रूपमा असुली गरिसकेको आरोप छ । स्थानीय तस्कर ,व्यापारी र जुवाडेहरूसँग आईजीपीको नाम लिंदै धम्की तथा प्रहरीको डर देखाएर असुली गर्ने काम चलिरहेको छ ।

    यो सम्पूर्ण कार्य योजनाबद्ध रूपमा भइरहेको जनाइएको छ । आईजीपी थापाको कार्यकाल भदौमा समाप्त हुँदैछ र थप दुई वर्षको म्याद थप्नका लागि आर्थिक संकलन गर्न पठाएको भन्दै उनले प्रहरीकै बदनाम गरिरहेका छन् ।

    साथै, असई यादव मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी उमाप्रसाद चतुर्वेदीको समेत नजिकको विश्वासपात्रका रूपमा चिनिन्छ । प्रहरी संगठनको यस्तो दुरुपयोग, नेतृत्व तहबाटै अवैध कार्यमा संरक्षण, र कानुनी राज्यको खिल्ली उडाउने यस्ता गतिविधिहरूप्रति नागरिक समाज तथा प्रहरी सेवाभित्रका इमानदार अधिकृतहरू गम्भीर चिन्तित छन् ।

    असई यादव यसअघि बारा जिल्लामा समेत घुमुवाका रुपमा विवादमा परेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार