Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सप्तकोसीमा बेपत्तामध्ये सशस्त्रका १ गोताखोरको शव भेटियो


    शुक्रबार, जेष्ठ २३ २०८२
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सप्तकोसीमा बेपत्ता २ गोताखोरमध्ये एकजनाको शव फेला परेको छ। सशस्त्र प्रहरी वलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार शुक्रबार बिहान खोजीको क्रममा घटनास्थलबाट झण्डै तीन किलोमिटर दक्षिणतर्फ सशस्त्रका जवान हरदेब राजबंशीको शव फेला परेको हो ।

    झापा घर भएका उनी नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए। बेपत्ताको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ।

    बिहीबार उद्धार अभ्यासको क्रममा सप्तकोसी नदीमा सशस्त्रका दुईजना जवान बेपत्ता भएका थिए। बेपत्ताको खोजीमा शुक्रबार बिहानैबाट गोताखोरसहित सशस्त्रको ठूलो फौज परिचालन भएको छ।

    सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोसी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरीय विपद् सेमुलेशन अभ्यासको क्रममा बिहीबार दुईजना सशस्त्र प्रहरी जवान नदीमा बेपत्ता भएका हुन्।

    सशस्त्र प्रहरी वल नम्बर ६ गण सप्तरी दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्बर ७ गण सिराहाको संयुक्त टोलीले बिहीबार संयुक्त अभ्यास गर्ने क्रममा दुई जवान बेपत्ता भएका हुन्।

    बिहीबार दिउँसो १५:१० बजेदेखि बेपत्ता नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान हरदेव राजबंशी र डोटी घर भइ नम्वर १३ गण पर्सा दरबन्दी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत जवान सुरज साउद अभ्यासको क्रममा कोसीमा नदिमा बेपत्ता भएका हुन्।

    बेपत्ता हुनासाथ उनीहरुको खोजी कार्य सुरु गरिएको थियो। उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोरका अनुभबी प्रशिक्षक डीएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोर पनि गएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार