Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • माधव नेपालको सांसद पद निलम्बन


    बिहिबार, जेष्ठ २२ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालविरुद्ध पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो ।

    माधवकुमार नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको आरोपमा अध्यक्ष नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान अनुसार उनी निलम्बनमा परेका हुन् ।

    नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भए पछि सभामुखले सदनलाई जानकारी गराउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार