काठमाडौं । प्रतिपक्षी दलको बैठक आज (बिहीबार) बस्दै छ। संसद्मा जारी गतिरोध हटाउने विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।
अहिले केही बेरमा बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दल सहभागी हुनेछन्। बैठकमा सदनको गतिरोध फुकाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए। साथै बैठक भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धा आयोगले गरिरहेको छानबिनमा गृहमन्त्री रमेश लेखकले कसरी सहयोग पुर्याउँछन् भन्ने विषयमा पनि कुरा हुने बताइएको छ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री लेखककै राजीनामा माग्दै विपक्षी दलले केही दिनदेखि संसद् बैठक सञ्चालन हुन दिएका छैनन्। सदन खुलाउन सभामुख देवराज घिमिरेले पनि प्रयास गरिरहेका छन्। यस क्रममा उनले विपक्षी दलहरूसँग पटकपटक छलफल गरे पनि सहमत गराउन सकेका छैनन्।
विपक्षी दल गृहमन्त्रीले राजीनामा दिनैपर्ने अडानमा छन्। उता सत्तापक्ष भने गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने र राजीनामा दिनुपर्ने कारण नभएको जिकिर गरिरहेको छ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend