Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नागरिकता विधेयकमाथि दफावार छलफल सुरु


    बिहिबार, जेष्ठ २२ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल सुरु भएको छ ।

    प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारबाट विधेयकमाथि दफावार छलफल सुरु गरेको हो ।

    बिहीबार संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल जारी छ । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले बुधबार सैद्धान्तिक छलफल चलाएको थियो । बिहीबारबाट दफावार छलफलमा प्रवेश गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार