काठमाडौं । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली डोटी, अछाम, नवलपरासी, कैलाली, रुपन्देही, कञ्चनपुर र दाङका रहेका छन् ।
अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले 711bat.club र union365 नामको अनलाइन बेटिङ साइट प्रयोग गर्थे । उनीहरूले ह्वाट्सएप र टेलिग्राममार्फत् अनलाइन जुवा खेल्ने व्यक्ति सम्पर्कमा ल्याउँथे ।
711bat साइट भारतबाट सञ्चालित छ भने union क्यानडाबाट सञ्चालित रहेको प्रारम्भिक अनुसन्धान छ ।
आचार्यका अनुसार उनीहरूले अहिलेसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ बराबरको जुवा खेलाएको भेटिएको छ ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप १४ थान, मोबाइल ६० थान, बैंकको चेकबुक र बचत पासबुक ९ थान, भिजा कार्ड १९ थान, नेपाली राहदानी ४ र भारतीय राहदानी चार थान बरामद भएको छ ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जुवा तथा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ ।
‘विगत पाँच महिनायता ती दुबै ठाउँमा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको पाइएको छ,’ आचार्यले भने। कारोबारको रकम सबै भारतीय बैंकमा जम्मा भएको देखिएको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend