काठमाडौं । अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर अनलाइज जुवा खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर-१० नख्खुको सनराइज अपार्टमेन्टको फ्ल्याट र वडा नम्बर-२६ को घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेका १२ नेपाली र पाँच भारतीयलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका पाँच भारतीय नागरिक सबै बिहारका छन् भने नेपाली डोटी, अछाम, नवलपरासी, कैलाली, रुपन्देही, कञ्चनपुर र दाङका रहेका छन् ।
अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूले 711bat.club र union365 नामको अनलाइन बेटिङ साइट प्रयोग गर्थे । उनीहरूले ह्वाट्सएप र टेलिग्राममार्फत् अनलाइन जुवा खेल्ने व्यक्ति सम्पर्कमा ल्याउँथे ।
711bat साइट भारतबाट सञ्चालित छ भने union क्यानडाबाट सञ्चालित रहेको प्रारम्भिक अनुसन्धान छ ।
आचार्यका अनुसार उनीहरूले अहिलेसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रुपैयाँ बराबरको जुवा खेलाएको भेटिएको छ ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप १४ थान, मोबाइल ६० थान, बैंकको चेकबुक र बचत पासबुक ९ थान, भिजा कार्ड १९ थान, नेपाली राहदानी ४ र भारतीय राहदानी चार थान बरामद भएको छ ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम जुवा तथा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ ।
‘विगत पाँच महिनायता ती दुबै ठाउँमा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाएको पाइएको छ,’ आचार्यले भने। कारोबारको रकम सबै भारतीय बैंकमा जम्मा भएको देखिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend