काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरुको पनि पेशागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन्।
मंगलवार घरेलु श्रमिक मन्चको नेतृत्वमा आफना समस्याहरु सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरुको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेशा भएको जिकिर गर्दै यस क्षेत्रमा देखिएका समस्याहरु समाधान र हकहितका लागि ट्रेड युनियन गठन गर्न सुझाएका हुन् ।
उनले भने, ‘कुनै पनि कर्म र कार्य गरेपछि त्यसले ट्रेड युनियनको अधिकार पाउनु पर्छ । आफनो पेशागत हकहितका लागि बोल्नु पाउनुपर्छ । र, राज्यले त्यसलाई पहिचान दिनुपर्छ ।’ तपाईहरुले गरेको कामको मान्यता पाउनु पर्ने माग जायज रहेको बताउँदै राज्यले त्यसलाई मान्यता दिने उनले प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘यो पनि एक पेशा हो, यसका विभिन्न पक्षहरु छन, यसका लागि सबै घरेलु श्रमिक महिलाहरु आफना हकहित र पेशागत सुरक्षाका लागि संगठित हुनु जरुरी छ ।’
मन्त्री भण्डारीले घरेल श्रमिक कामदारहरु अनौपचारिक क्षेत्रको रुपमा रहेको हुनाले यसलाई औपचारिक क्षेत्र बनाउनु पर्नेमा जोड दिए । घरेलु श्रमिकहरु सँग पारिश्रमिक (ज्याला), कामको क्रममा भेवभाव (छुवाछुतको व्यवहार) हिंसा खेप्नु परेको जिकिर गर्दै उनीहरुको अधिकार सुनिश्चित गर्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेमा जोड दिए ।
उनले श्रम ऐन कानुन संशोधन हुने क्रममा रहेको जानकारी गराउँदै घरेलु श्रमिक महिलाहरुले भोग्दै आएका समस्याहरु समाधानका लागि के कस्ता बिषयहरु ऐनमा समावेश गर्ने सरकारलाई सामुहिक लिखित सुझाव दिन आग्रह गरे ।
मन्त्री भण्डारीले भने, ‘तपाईहरु ठिक समयमा आइपुग्नु भएको छ । नेपालको श्रम ऐन संशोधनको क्रममा रहेको छ । यसमा तपाईहरुको उठाएका उचित मागहहरुलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता देखियो । तपाईहरुले पनि बुँदागत रुपमा आफना माग र समस्याहरु लेखेर मन्त्रालयमा दिनुस, त्यही अनुसार हामी छलफल अगाडि बढाउछौं । यि बिषयहरु श्रम ऐनमा उल्लेख हुनुपर्ने मेरो मान्यता छ ।’
विगत लामो समय देखि घरेलु महिलाको रुपमा काम गर्दै आएका करिब २ दर्जन महिलाहरु कामको क्रममा भोगेका समस्याहरु मन्त्रीलाई सुनाएका थिए । उनीहरुले काम गर्दा न्युन तलब, दुर्व्यवहार, हिंसा भोग्नु परेका सविस्तार पिडा सुनाएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend