Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ विदेशीसहित ३ निर्माण कम्पनी कालोसूचीमा


    मंगलबार, जेष्ठ २० २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुईवटा विदेशी र एउटा नेपाली निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

    कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका छन् । मरुशिन र पीएच-एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

    अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार