Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजावादी आन्दोलन आजबाट पुनः सुरु, सिफलचौरबाट प्रदर्शन


    मंगलबार, जेष्ठ २० २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजा र हिन्दू राष्ट्रको मागसहित जारी आन्दोलन आज सिफलचौरबाट आरम्भ हुने भएको छ ।

    संयुक्त जनआन्दोलन समितिका अनुसार जेठ १५ देखि सुरु भएको आन्दोलन जेठ २० गते, मंगलबार सिफल चौरमा दिनको २ बजेबाट प्रारम्भ हुने भएको छ ।

    सोमबार तत्कालीन राजा वीरेन्द्रको बंशनाश भएको स्मृतिमा शोक मनाउन आन्दोलन स्थगित गरिएको थियो ।

    जेठ १८ गते नक्साल नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरिएको थियो ।
    प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका थापालाई नियन्त्रणमा लिने क्रममा बुट प्रहार गरेको र अमर्यादित ब्यवहार गरेको गुनासो थापाले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार