Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • निजामती सेवा ऐनमा सबै कर्मचारीको माग समावेश गर्न माग, भोलि सामान्य प्रशासन मन्त्रालयमा धर्ना


    सोमबार, जेष्ठ १९ २०८२
    1.7K
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राज्य ब्यवस्था समितिले गएको जेठ २ गते पारित गरी संसदमा पठाएको संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित गर्न नहुने माग राख्दै आएको संयुक्त ट्रेड युनियन सञ्जालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

    संयुक्त ट्रेड युनियनको आज बसेको बैठकले सञ्जालमा आवद्ध सबै ट्रेड युनियनका अध्यक्षहरु रहेको उच्चस्तरीय आन्दोलन निर्देशक समिति गठन गरेको छ ।

    संजालले संघीय निजामती सेवाको विधेयकमा सम्पूर्ण कर्मचारी साथीहरुका मागलाई समावेश गरी ऐन जारी गराउन आवश्यक पर्ने आन्दोलनको स्वरुप निर्धारण र परिचालन गर्न देहायका समितिहरु गठन र परिचालन गर्ने निर्णय गरेको छ ।

    संंयुक्त ट्रेड युनियन सञ्जालमा आवद्ध ट्रेड युनियनका दोश्रो (वरिष्ठ उपाध्यक्ष–उपाध्यक्ष वरियतामा रहेकाहरुको आन्दोलन परिचालन समिति गरेको जनाएको छ । उक्त ट्रेड युनियनका महासचिवको नेतृत्वमा आन्दोलन परिचालन सचिवालय समिति र सचिवालयमा प्रत्येक ट्रेड युनियनबाट ३र३ जना पदाधिकारी सदस्य रहनेछन् ।

    संजालले २०८२ जेठ २० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भेला भई संघीय संसदको पश्चिम गेटमा धर्ना दिने भएको छ । र, थप कार्यक्रम जेठ २० मै पत्रकार सम्मेलनमार्फत् घोषणा गर्ने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार