Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच वार्ता सुरु


    सोमबार, जेष्ठ १९ २०८२
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । देशव्यापी रुपमा सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ।

    गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच गृह मन्त्रालयमा वार्ता र छलफल सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गरेको बन्दको कारण आज देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।

    समितिले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशैभरिको सार्वजनिक यातायात सेवा प्रभावित बनेको हो। समितिले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिन व्यवसायी र यातायात मजदुरलाई आह्वान गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार