Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ


    आइतबार, जेष्ठ १८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राजावादीको आन्दोलनबाट पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका छन्।

    नक्सालस्थित नारायणचौरमा आन्दोलनकारीलाई उक्साउँदै अभिव्यक्ति दिएको आरोपमा थापासहित ७ जनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ।

    केहीबेर अघि काठमाडौँ परिसर पुगेका सिंहलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो। यसअघि कमल थापा, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र डा राजिव झा पक्राउ परेका छन्।

    राजावादीहरूले जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि गणतन्त्र विरोधी आन्दोलन जारी राखेका छन्। उनीहरूले यो आन्दोलनलाई निर्णायक आन्दोलन पनि भनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार