Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा नेपालले बोलायो आकस्मिक बैठक


    आइतबार, जेष्ठ १८ २०८२
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ ।

    पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए ।

    पार्टी अध्यक्ष तथा पूर्वगृहमन्त्री कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले पदाधिकारी र कार्य सम्पादन समितिको आकस्मिक बैठक बोलाएको हो ।

    राजसंस्था तथा हिन्दूराज्य पुनस्र्थापना तथा संघीयता खारेजीलगायतका माग राखेर राजावादीहरूले गरिरहेको आन्दोनलको क्रममा आइतबार नक्सालस्थित प्रहरी मुख्यालयनजिकबाट अध्यक्ष थापा पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार