काठमाडौं । एमालेका नेता महेश बस्नेतले रवि लामिछानेका पालामा सबैभन्दा बढी नेपालीहरु भिजिट भिसामा बिदेशिएको दाबी गरेका छन् । रविले दोस्रो पटक गृहमन्त्री बनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सहसचिव सुरेश पन्थीलाई प्रमुख बनाएको र उनकै कार्यकालमा २६ हजार २ सय ८८ जना नेपाली भिजिट भिसामा बिदेशिएको बस्नेतले सामाजिक संजालमा लेखेका छन् । उनले गृहमन्त्री लेखकमाथि प्रतिपक्षले लगाएको आरोप अहिलेको अवस्थामा प्रमाणहीन देखिने दाबी गरेका छन् ।
बस्नेतले लेखेका छन्–‘नेपालमा पछिल्लो समय भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक माहोल तातिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि आरोप लगाउँदै राजीनामाको माग गरिरहेको छ । तर अध्यागमन विभागबाट प्राप्त तथ्याङ्क हेर्दा, रास्वपा सभापति रवि लामिछानेकै गृहमन्त्रित्वकालमा सबैभन्दा धेरै नेपालीहरू भिजिट भिसामा विदेशिएका थिए भन्ने प्रष्ट देखिन्छ। रविले दोस्रो पटक गृहमन्त्री बनेर त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा सहसचिव सुरेश पन्थीलाई प्रमुख बनाए, जसको कार्यकालमा मासिक सरदर २६,२८८ जना नेपाली भिजिट भिसामा देश छाडिरहेका थिए। यो अहिलेसम्मकै उच्च दर हो, जसले दैनिक औसत ८७४ जना देखाउँछ ।
रविले अध्यागमन प्रमुखमा आफ्नो अनुकुल अधिकारी पठाउने रणनीति अपनाएको प्रस्ट देखिन्छ । उनले गृहमन्त्री बन्दै केही समयमै अनुभवी र साख बनाएका अध्यागमन प्रमुख नरबहादुर थापालाई हटाएर सुरेश पन्थीलाई ल्याए । थापालाई हटाउने निर्णयको वैधानिक वा कार्यगत आधार सार्वजनिक छैन, जसले प्रश्न उठाउँछ—यो सरुवा प्रशासनिक आवश्यकता थियो, कि राजनीतिक ‘सेटिङ’ ? त्यसपछिको भिजिट भिसा विस्फोट हेर्दा यो निर्णयले मानव तस्करीको ढोका खोलिदिएको आँकलन गर्न सकिन्छ ।
रास्वपाले अहिले भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोड्दै सरकारमाथि आक्रमण गरिरहेको छ । तर उनीहरू आफ्नै पालामा भएको उच्चदरको भिजिट भिसा निर्गमनप्रति मौन छन् । रविले पहिलो कार्यकालमा अध्यागमनको नेतृत्वमा रहेका बासुदेव घिमिरेका पालामा पनि मासिक २०,८६७ जना भिजिट भिसामा विदेशिएको देखिन्छ । यति गम्भीर स्थितिमा कुनै सार्वजनिक उत्तरदायित्व नलिइकन अहिलेको सरकारमाथि दोष थोपार्नु, रविको राजनीतिक नैतिकताको दोहोरो मापदण्ड देखाउँछ ।
गृहमन्त्री लेखकमाथि प्रतिपक्षले लगाएको आरोप अहिलेको अवस्थामा प्रमाणहीन देखिन्छ । रविले अध्यागमन सरुवाको मिति सम्बन्धमा गलत मिति उल्लेख गरेर भ्रम छर्न खोजेको देखिएको छ ।
सहसचिव तिर्थ भट्टराईलाई मोरङको प्रमुख जिल्ला अधिकारी बनाउने निर्णय २०७९ फागुनमै गरिएको थियो, जुन रास्वपाकै कार्यकालमा पर्छ । निजामती रेकर्डले पनि यसलाई पुष्टि गर्छ । गृहमन्त्री लेखकको नाममा न अख्तियारमा उजुरी छ, न कुनै औपचारिक छानबिन सुरु भएको छ । यस्तो अवस्थामा रास्वपाको आन्दोलन सतही प्रचारबाजीभन्दा माथि उठ्न सकिरहेको छैन ।
निष्कर्षमा, अध्यागमनबाट भिजिट भिसामा देश बाहिरिने संख्या सबैभन्दा बढी रवि लामिछाने गृहमन्त्री भएको बेला देखिएको छ । यो तथ्यलाई नजरअन्दाज गर्दै उनले हालको सरकारलाई दोषी ठहर गर्ने प्रयास गरिरहेका छन् । राजनीति केवल नाराले होइन, तथ्य र जवाफदेहिताको आधारमा सञ्चालन हुनुपर्छ । रवि लामिछाने र उनकी पार्टी रास्वपाले आफ्नै कार्यकालमा देखिएको बिस्फोटक भिजिट भिसा समस्याप्रति जवाफ दिनुपर्छ, नत्र उनीहरूको आन्दोलन आत्मस्वार्थ र दोहोरो चरित्रको साक्षी बनिरहन्छ ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend