काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षकका रूपमा सहभागी हुन हङकङ पुगेकी मन्त्री राणाले सो अवसरमा चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेकी हुन् । उक्त समारोहमा ३२ देशले महासन्धिमा हस्ताक्षर गरेका थिए ।
भेटका क्रममा नेपाल–चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका विषयमा छलफल भएको थियो । मन्त्री राणाले नेपालले चीनसँगको सम्बन्धलाई सधैँ महत्व दिएको उल्लेख गर्दै आर्थिक, सामाजिक विकासमा चीनबाट प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण र वैदेशिक लगानीमा थप सहयोगको अपेक्षा गरेको बताइन् ।
मन्त्री राणाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने कुरा दोहोर्याइन् । उनले हालै सम्पन्न सगरमाथा संवादमा चीनको सहभागिताका लागि धन्यवाद दिँदै गत डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताको कार्यान्वयनबारे पनि छलफल गरिन् ।
यस वर्ष कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइरहेकाले मन्त्री राणाले थप चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताइन् । उनले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।
जवाफमा, विदेशमन्त्री वाङले सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै जलवायु परिवर्तन, वातावरण संरक्षण र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठनमार्फत नेपालसँग सहकार्य गर्न तयार रहेको बताए । उनले नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीको भ्रमणका सहमतिको कार्यान्वयन अघि बढाउन आग्रह गरे । मन्त्री राणाको निमन्त्रणा स्वीकार गर्दै उनले नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाए ।
विदेशमन्त्री वाङले मन्त्री राणाको नेतृत्वमा नेपालको कूटनीतिक क्षेत्रमा भइरहेका कार्यको प्रशंसा गर्दै विश्व महिला नेतृत्व फोरममा सहभागिताका लागि विशेष निमन्त्रणा दिए । मन्त्री राणा शनिबार काठमाडौँ फर्किनेछिन् ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend