Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सिंहदरबारमा सभामुख र मुख्य सचेतकहरुबीच छलफल


    शुक्रबार, जेष्ठ १६ २०८२
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल सुरु भएको छ।

    प्रतिपक्षी दलहरुले सदनमा जारी राखेको अवरोध हटाउने, संसद्‍मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल लगायतका एजेन्डामाथि छलफलका लागि सभामुख घिमिरेले बैठक आह्वान गरेका हुन्।

    घिमिरेले सुरुमा मुख्य सचेतक र सचेतकलाई बैठकका लागि बोलाएका छन्। त्यसपछि उनले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका उनको सचिवालयले जनाएको छ। प्रमुख सचेतकहरुसँगको बैठक सिंहदरबारमा बसिरहेको छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी लगायतका प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।

    जेठ १५ गते (हिजो) सरकारलाई बजेट प्रस्तुत गर्न दिएका ती दलले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् बैठक भने चल्न नदिने अडान लिँदै आएका छन्।

    आज खुमलटारमा बसेको माओवादी केन्द्रको बेठकले गृहमन्त्रीको राजिनामा नआएसम्म संसद सञ्चालन गर्न नदिने निर्णय गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार