रौतहट । रौतहटमा प्रत्येक बर्ष वर्षायाममा हुनेगरेको विपदाजन्य घटनामा साथ सहयोगको लागि सशस्त्र प्रहरी बलले स्थानिय युवाहरुलाई विपद स्वयंसेवकको रुपमा परिचालन गर्न तयारी सुरु गरेको छ।
युवाहरू लाई तयारी स्वरूप सशस्त्र प्रहरी बल नेपाल गण नं। ११ हेक्वा रौतहटको आयोजनामा मंगलवार देखी “विपद् स्वयंसेवक आधारभूत तालिम” सुरु गरेको हो।
समुदायस्तर मै विपद् प्रतिकार्य क्षमताको विकास गर्न र तत्काल उद्धार कार्यमा स्थानीयको सक्रियता बढाउन तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताए ।
स्वयंसेवक तालिममा गढीमाई नगरपालिका, माधव नारायण नगरपालिका, राजदेवी नगरपालिका, र कटहरिया नगरपालिकाका गरी कुल ३७ जना युवाहरु सहभागी छन्। तालिमको अवधि १८ दिनको हुनेछ।
एसपी बस्नेतको नेतृत्वमा सशस्त्र प्रहरीका बिशेषज्ञहरुले तालिम दिने जनाईएको छ। तालिममार्फत विपद् पूर्वतयारी, प्राथमिक उपचार, खोज तथा उद्धार कार्य, विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रयोग सम्बन्धी जानकारी दिइनेछ।
सशस्त्र प्रहरी बल नेपालले विपद् व्यवस्थापनमा स्थानीय समुदायलाई सशक्त बनाउने उद्देश्यसहित देशभर विभिन्न स्थानमा यस किसिमको तालिम सञ्चालन गर्दै आएको छ। तालिमबाट स्थानीय तहमा विपद् स्वयंसेवक उत्पादन गरी सम्भावित विपद्का घटनामा तिव्र र प्रभावकारी प्रतिकार्य गर्ने लक्ष्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend