Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाजुरामा जिप दुर्घटना हुँदा नेपाल टेलिकमका प्रमुखसहित ३ को मृत्यु, २ जना घाइते


    मंगलबार, जेष्ठ १३ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

    नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कासहित ३ जनाको मृत्यु भएको हो ।

    दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले जनकारी दिए । दुर्घटनामा परी नेपाल टेलिकम बाजुराका प्रमुख खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको डीएसपी जोराले जानकारी दिए ।

    उनका अनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।

    बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार