Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाए स्पष्टीकरण


    सोमबार, जेष्ठ १२ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई स्पष्टीकरण बुझाएका छन्। नगर प्रमुख पाण्डेले आज (सोमबार) अधिकृत गुरागाईंलाई स्पष्टीकरण बुझाएका हुन् ।

    अधिकृत गुरागाईंका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।

    ‘उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ,’ उनले भने, ‘उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी स्पष्टीकरणबारे थप अध्ययन गर्नेछौं।’

    गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार