Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई उपमेयर डंगोलसहितका सदस्यको पत्र


    सोमबार, जेष्ठ १२ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्यहरूले तत्काल बैठक बोलाउन मेयर बालेन साहसँग माग गरेका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित ४१ जना कार्यपालिका सदस्यहरूले मेयर साहलाई पत्र लेख्दै यथाशीघ्र बैठक राख्न आग्रह गरेका हुन् ।

    कार्यपालिकामा नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।

    महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनामा एकपटक बस्नेछ’ भन्ने प्रावधान छ । तर, विगत ६ महिनादेखि बैठक नबस्दा विकास निर्माण, नीतिगत निर्णयलगायत महत्त्वपूर्ण कार्यहरू अन्योलमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार