Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीनकुने घटनाका प्रतिवादीको बयान सुरु


    सोमबार, जेष्ठ १२ २०८२
    1.4K
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज (सोमबार)बाट तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान सुरु भएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बयान सुरु भएको हो ।

    सोमबार दुर्गा प्रसाईंको बयान सुरु भएको छ । सुरुमा राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान हुनेछ । बयान सकेपछि थुनकेछसम्बन्धी बहस हुनेछ ।

    जिल्ला अदालतकै न्यायाधीश पदमराज पाण्डेको इजलासमा सोमबारबाटै भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयले उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा मुद्दा अभियोजन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार