काठमाडौं । नेपाल आयल निगमको शाखा कार्यालय चारआली झापाले एक विज्ञप्ति जारी गरी कार्यालयमा हाल स्थायी दरबन्दीअनुसार कर्मचारीहरुको पदपूर्ति भएको र सेवाप्रवाह तथा कार्यसम्पादनको सन्दर्भमा हालको कार्यबोझ तुलनात्मक रुपमा कम भएको हुँदा विगतमा दैनिक ज्यालादारीको रुपमा कामकाजमा संलग्न रहेकाहरुलाई हाल तत्कार्यमा खटाई कामकाजमा नलगाइएको र पुराना दैनिक ज्यालादारी कामदारको सट्टा नयाँ कामदार नराखिएको स्पष्ट पारेको छ ।
साथै ज्यालादारी कामदारको नियुक्ति, दैनिक ज्याला तथा पारिश्रमिक भुक्तानीका सम्बन्धमा केन्द्रीय कार्यालयबाट बजेटको बिनियोजन तथा स्वीकृति अत्यावश्यक रहने व्यवस्था रहेको हुँदा हाल सो स्रोतको सुनिश्चितता नभएको स्थिति पनि बिद्यमान रहेको विज्ञप्तिमा उल्लेख छ ।
दैनिक ज्यालादारी श्रमिकहरुको नियुक्ति तथा व्यवस्थापनको निर्णय लिने अधिकार शाखा कार्यालयको अधिकार क्षेत्रभित्र नपर्ने भएको र यसै आधारमा हाल कार्यमा नबोलाइएका श्रमिकहरु समेतको विषयमा निर्णय लिने सम्पूर्ण प्रक्रिया केन्द्रीय कार्यालयको नीति, स्वीकृति तथा स्रोतमा आधारित रहने भएकाले सो व्यहोरा समेत ध्यानमा राखी बुझिदिनहुन सम्पूर्ण सरोकारवालापक्षमा अनुरोध गरेको छ ।
स्थानीय सरोकारवाला निकायहरु (स्थानीयतह) को चासो तथा सञ्चार माध्यमहरुमा प्रकाशित समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तथापि, निगमको यस कार्यालयले प्रवाह गर्ने सेवा र प्रशासनिक कार्यलाई प्रभावकारी, पारदर्शी र न्यायसंगत तरिकाले अगाडि बढाउने क्रममा हालको मानव संशाधन आवश्यकताअनुसार उक्त निर्णय लिईएको व्यहोरा सम्पूर्णमा अवगत गराउँदै यस निर्णयलाई संस्थागत स्वायत्तता र कार्यक्षमता सुनिश्चित गर्ने सन्दर्भमा ग्रहण गरिदिनुहुन सम्पूर्ण सरोकारवालानिकायहरुमा निगमले अनुरोध गरेको छ ।
निगमको झापा कार्यालयको विज्ञप्तिमा उल्लेख छ–सामाजिक उत्तरदायित्व र कार्यरत कर्मचारीहरु तथा कामदारहरुको सम्मानजनक व्यवहारप्रति सदा प्रतिबद्घता राख्दछ । भविष्यमा पनि यस्ता विषयमा स्थानीयतह, सरोकारवाला निकाय र आमसञ्चार माध्यमसँग समन्वयतथा संवादमार्फत् अघि बढ्ने विश्वास व्यक्त गर्दै सबैमा सहकार्य तथा समन्वयको अपेक्षा राखेको छ ।
यसका साथै, हाल कार्यमा नबोलाइएका कामदारहरुलाई यो अवस्थालाई अनिश्चित रोजगारीको अवस्था नभई, व्यक्तिगत सीप, योग्यता तथा दक्षताअनुसार वैकल्पिक तथा सृजनात्मक पथमा अग्रसर भई आत्मनिर्भरता र समुन्नत भविष्य निर्माणतर्फ अघि बढ्नु नै समयको माग हो । यस कार्यालयले सम्पूर्ण कामदारहरुमा सम्मानजनक अवसर सृजना हुने रोजगारी र कार्य वातावरणको कामना गर्दै सकारात्मक सोच सहित अघि बढ्न अनुरोध गर्दछ ।
यथार्थ विवरणका आधारमा वस्तुस्थिति बुझी सहयोग समन्वय र निगमको यस कार्यालयको सेवाप्रवाहमा सकारात्मक योगदान पुर्याउन सम्पूर्ण सरोकारवाला निकाय, आम सञ्चार माध्यमतथा स्थानीय समुदायलाई विनम्र अनुरोध निगमले गरेको छ ।
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend