बुटवल । शुक्रबार रातिको अविरल बर्षाका कारण सडक भत्किएपछि बर्दघाट–दाउन्ने खण्ड पूर्ण रूपमा बन्द भएको छ । शुक्रबार रातिदेखि बर्दघाट–दाउन्ने खण्ड भत्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरूद्ध भएको छ ।
पश्चिमबाट पूर्व जाने सवारी साधन बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी साधन दुम्किबासतर्फ रोकिएका छन् । प्रहरीका अनुसार बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकै सडकको डिल भत्किएको छ ।
दाउन्ने र बर्दघाट बजारको बीचमा पर्ने खुर्सने खोला क्षेत्रमा करिब ७ मिटर सडकको डिल भत्किएको छ भने बिस्तारको क्रममा गरिएको कालोपत्रे पनि उप्किएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले वर्षाका कारण शुक्रवार रातीदेखि उक्त सडक पुर्ण रुपमा अवरुद्ध बनेको हो । भत्किएर अवरुद्ध बनेको सडक खुलाउन आज बिहानैदेखी प्रयास गरिएपनि सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।
दाउन्ने सडक खण्ड केही दिनअघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । बिस्तारको क्रममा दायाँबायाँ भित्ता खनिएको कारण उक्त सडक घाम लाग्दा धुल्लाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । पानी पर्दा हिलाम्मे बनेको सडक चिप्लिएर पटकपटक यातायात बन्द हुने गरेको छ ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend