Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • रविको बन्दीप्रत्यक्षीकरण निवेदन आज न्यायाधीश सुवेदी र ढकालकै इजलासमा सुनुवाइ हुने


    बिहिबार, जेष्ठ ८ २०८२
    835
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दावीसहित परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुने भएको छ ।

    पूर्वगृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो।

    मंगलबार हेर्दाहेर्दैमा रहेको उक्त निवेदन बुधबार सुनुवाइ हुन सकेको थिएन । मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो। बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बसेकाले सुनुवाइ स्थगित गरिएको थियो।

    तर आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालकै इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो र उक्त आदेश उच्चबाट पनि सदर भयो। हाल रवि र छवि दुवै रुपन्देही कारागारमा छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार