Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी सांसदले प्रहार गरिन् महिला समितिका सभापतिलाई माइक


    बुधबार, जेष्ठ ७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ।

    बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।

    सभापति साहका अनुसार समिति बैठकमा कुसारी ढिला पुगेकी थिइन्। ढिलो गरी बैठककक्षमा पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि सभापति साहले रोक्न खोजे। त्यसपछि विवाद भयो।

    ‘माननीयज्यू ढिलो आउनुभयो। आफू ढिलो आएर अनुमतिबिनै बोल्न थालेपछि मैले तपाईंलाई बोल्न अनुमति छैन भनेको मात्रै के थिएँ, म भएकोतिर माइक फाल्नुभयो,’ साहले भने, ‘माइक म भएतिर आएन, सांसदहरू भएतिर गयो।’

    आजको बैठक महिला, बालबालिका तथा ज्येष्ठ नागरिक भएका अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहको अनुगमनको विषयमा छलफल भएको साहको भनाइ छ।

    विवादकै बीच कुसारीले सभापति साहमाथि गम्भीर आरोप लगाइन्। उनले सभापति साह सधैँ आफैँ संयोजक बनेर अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको र अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको आरोप लगाइन्।

    सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको बताइन्। उनले आफूलाई सभामुख देवराज घिमिरेले छलफलका लागि बोलाएको पनि बताइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार