Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम अचानक स्थगन


    मंगलबार, जेष्ठ ६ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम हटाइएको छ।

    यसअघि सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने कार्यक्रम उल्लेख थियो। तर स्वास्थ्यका कारण आज प्रधानमन्त्री ओली संसद् बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। सोही कारण उनले जवाफ दिने भनिएको कार्यक्रम कार्यसूचीबाट स्वत: हटाइएको हो।

    पछिल्लो समय गभर्नर नियुक्तिका विषयमा सत्ताधारी दुई दल एमाले र कांग्रेसबीच कुरा मिलिरहेको छैन। सोमबार पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच हुने भनिएको भेट स्थगन भएको थियो।

    जुन भेटमा दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिकै विषयमा छलफल हुने भनिएको थियो। सोमबार साँझ ७ बजेका लागि बालुवाटारमा हुने भनिएको भेट देउवा नगएपछि हुन नसकेको हो।

    जसका कारण गभर्नर नियुक्ति पनि अनिश्चित भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार