Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्ति अनिश्चित


    सोमबार, जेष्ठ ५ २०८२
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साँझ बस्ने तय भएको मन्त्रिपरिषद्को बैठक अचानक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका थिए।

    बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने अनुमान गरिएको थियो। तर, बैठक नबसी स्थगित भएपछि सो प्रक्रिया अनिश्चित बनेको छ।

    सचिवालयले बैठक किन स्थगित भयो भन्नेबारे स्पष्ट जानकारी नदिएको जनाइएको छ। साथै, बैठक कहिले बस्ने भन्ने मिति र समय पनि तय भएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार