Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बालेनलाई गणतन्त्र दिवसको मूल समारोह समितिबाट हटाउन प्रधानमन्त्रीको निर्देशन


    सोमबार, जेष्ठ ५ २०८२
    975
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई गणतन्त्र दिवस, मूल समारोह समितिबाट हटाउन निर्देशन दिएका छन् ।

    आज बसेको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले मेयर शाहको नाम समितिबाटै हटाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (सोमबार) दिउँसो मूल समितिको बैठक बसेको थियो ।

    अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।

    आज बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । आगामी जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहितका कार्यक्रम गर्न तहगत समिति र उपसमिति गठन गरिएको छ ।

    त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार