Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै


    सोमबार, जेष्ठ ५ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन्।

    पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू पनि रहनेछन्। भ्रमणको कार्यतालिका नबनिसकेकोले को(को नेता सहभागी हुने निश्चित भइसकेको छैन।

    एमालेका एक नेताले दिएको जानकारीअनुसार पूर्वराष्ट्रपति भण्डारी र केही नेताहरू जेठ १० गते चीनको बेइजिङका लागि प्रस्थान गर्ने कार्यक्रम भने तय भएको छ।

    पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्। त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने ती नेताको भनाइ छ।

    उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्। राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार