sf7df8f}F, !@ r}tM
k|ltlglw;ef a}7sdf ;f+;b vltj8f
k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7ssf] ;'?df g} ;do lnP/ wf/0ff /fVb} ;f+;b /fdxl/ vltj8f . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले टोखाबाट बरामद गरिएको २५ करोड बराबरको अवैध विदेशी मुद्राको मुख्य दोषीलाई पक्राउ गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले ड्राइभर र व्यापारीलाई पक्राउ गरेर मात्रै नपुग्ने भन्दै प्रकरणको मुख्य संरक्षक र मालिकसम्म पुगेर अनुसन्धान गर्न जोड दिए।
सांसद खतिवडाले विभिन्न प्रकरणमा सधैं ड्राइभर र भरियालाई मात्रै पक्रने, तर मुख्य दोषी र तिनको कनेक्सनबारे खुलासा नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘केही महिनाअघि टोखाबाट २५ करोड बराबरको युरो र डलर बरामद गरियो। ड्राइभर र व्यापारीलाई थुनियो, तर मुख्य संरक्षक को हो ? मालिक को हो रु कनेक्सन कहाँ-कहाँ छ ? को-को संलग्न छन् ? सरकारले सदनलाई जानकारी गराओस्।’
राजस्व अनुसन्धान विभागले यो प्रकरणमा कुसाङ लामा र नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४, ५ र ९ अनुसार कसूरमा मुद्दा चलाइएको हो।
लामाले यसअघि चोरी पैठारी मुद्दामा सजाय भोगिसकेका छन्। सजाय भुक्तान गरेको पाँच वर्षभित्र पुनस् कसूर गरेकोले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४४ (२) बमोजिम थप सजाय हुने भएको छ।
बरामद गरिएको विदेशी मुद्रा (१३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (१) बमोजिम जफत गर्न माग गरिएको छ। साथै, वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको ट्रकलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोका, नियन्त्रण र जफत) ऐन, २०७४ को दफा ११ अनुसार जफत गर्न मुद्दा दायर भएको छ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend