Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँग्रेसको राज्य प्रशासन विभागमा १० सदस्य मनोनीत


    शुक्रबार, जेष्ठ २ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रशासन विभागमा १० जना सदस्य मनोनयन गरेका छन् ।

    उनले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम गोविन्द भट्टराई प्रमुख रहेको राज्य प्रशासन विभागमा सदस्य मनोनीत गरेका हुन्।

    नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभागमा मनोनीत हुने सदस्यहरूमा विजराज आचार्य (कास्की) डिल्लीप्रसाद शिवाकोर्टी (भक्तपुर) गोपालप्रसाद पोख्रेल (सुनसरी) अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी), रामबहादुर रोकाह (डोटी) मक्करबहादुर रावल (मुगु) गीता देवकोटा (चितवन) द्रोपदी वली (बाँके) र तीर्थराज खनाल (झापा)लाई मनोनयन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार