काठमाडौं । आज देखी काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संबाद’ कार्यक्रम सुरू भएको छ । हिमाल, हिमनदीसहित विश्वमा देखा परेको जलवायु परिवर्तनका बारेमा छलफल गर्नका लागि काठमाडौंमा सगरमाथा संबाद कार्यक्रम सुरू गरिएको हो ।
सोल्टी होटेल, ताहाचलमा बिहान ९ः३० बजेवाट सुरू भएको आजको कार्यक्रममा १७५ बिदेशी पाहुनासहित ३५० जनाले सहभागिता जनाइरहेका छन । जसअनुसार तीनवटा सेशनमा यो कार्यक्रम सञ्चालन हुनेछ । परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीनदिनसम्म चल्ने यो ‘सगरमाथा संबाद’ कार्यक्रमको जलबायु परिवर्तन सबन्धी मुख्य बिषय छलफल हुनेछ ।
यस्तो छ कार्यतालिका
उदघाटन सत्रः आमन्त्रित विशिष्ट विदेशी र स्वदेशी पाहुनाहरू सहभागी हुने यो संवादको मुख्य औपचारिक कार्यक्रम हो। प्रधानमन्त्री केपी ओलीबाट सम्बोधन हुने यस समारोहमा पराराष्ट मन्त्रीले स्वागत मन्तव्य दिने कार्यक्रम छ। उक्त कार्यक्रममा संवाद सम्बन्धी तयार पारिएको एक चिनारीयुक्त भिडियो प्रस्तुत गरिने र चीन र भारतका तर्फबाट प्रतिनिधिमण्डलहरूको नेतृत्व गरेर आएका विशिष्ट पाहुनाहरू र कोप २९ का अध्यक्ष तथा अजरबैजानी राष्ट्रपतिका जलवायु विषय सम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनु भएको भिडियो सन्देश पनि प्रस्तुत गरिने छ। यो कार्यक्रम १६ मे को विहान ९ः३० मा शुरू हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुनेछ।
छलफल सत्रः अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको हो। संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुनेछ। हालसम्म यस सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको छ। प्रत्येक प्रतिनिधिमण्डललाई ५ मिनेटको बोल्ने समय प्राप्त हुने छ। कार्यक्रम बिहान ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ।
त्यसपछि बिशिष्ट अतिथिहरूलाई सगरमाथाको हवाइ यात्रालगायत बिभिन्न कार्यक्रमहरू गरिनेछ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend