काठमाडौं । कारको ठक्करबाट कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ। शुक्रबार बिहान कपिलवस्तुको बुद्धभूमि नगरपालिका(१ वसन्तपुरमा एउटा कारले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको हो।
सवेरै मर्निङवाकका लागि निस्किएका बुद्धभूमि- १ गोरुसिंगेका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई कारले ठक्कर दिएको थियो। इलाका प्रहरी कार्यालय गोरुसिंगेका अनुसार कपिलवस्तु र अर्घाखाँचीको सिमाक्षेत्र पत्थर कोटबाट गोरुसिंगेतर्फ गइरहेको बिएबी ९५९९ नम्बरको कारले बसन्तपुरमा उनीहरुलाई ठक्कर दिएको थियो।
विहानै ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचाको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार उनीहरू हरेक बिहान साढे ४ बजेतिर मर्निङवाकमा निस्किने गर्दथे। शुक्रबार विहानै परिवारसहित कुल पूजाबाट फर्किएको गाडीले उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले कार चालक रूपन्देहीको सैनामैना नगरपालिका वडा नं। ५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ।
प्रहरी नियन्त्रणमा रहेका चालक श्रेष्ठले महिलाहरूले सडक पार गर्ने क्रममा बीचमा गएर अलमलमा परेको र कार तिव्र गतीमा भएको कारण दुर्घटना भएको बताएका छन्। चालक र गाडी इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छन् भने प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend