Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा दोहोरो अङ्कको वृद्धि


    सोमबार, माघ ५ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडाैँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १७।३१ बिन्दुले वृद्धि भई दुई हजार ३३२।३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।१८ ले वृद्धि भई ४४५।६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोवार रकम रु छ अर्बमाथि रहेको छ । 

    कूल २०७ कम्पनीको एक करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर रु छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ मूल्यमा कारोवार भए । नेप्सेको उकालो यात्रासँगै बजार पूँजीकरण रु ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख ४० हजार बराबर हुन पुगेको छ । 

    जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयरमा उल्लेख्य सुधार आउँदा बजारले नयाँ लय समातेको हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयरमा ११।५२ बिन्दुको गिरावट देखिएको छ । 

    यसैगरी बैंकिङ २।८१, व्यापार १८१।०४, होटल  ११३, विकास बैंक ५०।४५, वित्त २२।५८, निर्जीवन बीमा १२६।१३, उत्पादन २१।४, अन्य ११।४२, लघुवित्त १००।१, जीवन बीमा १९९।४७ र सामूहिक लगानी कोष ०।२५ ले वृद्धि भएको छ । कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ४६ लाख ९४ हजार ७८९ बराबरको कारोवार भयो । 

    यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २६ करोड ८५ लाख २४ हजार ३५९, एनआइसी एशिया बैंक रु २० करोड २४ लाख ४२ हजार ७४७, नेपाल पुनरबीमा कम्पनी रु १७ करोड आठ लाख ६२ हजार ६०४, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी रु १६ करोड २२ लाख ३२ हजार ३४७, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ८० लाख ८० हजार ३९, सूर्य लाइफ इन्स्योरेन्सको प्रवद्र्धक शेयर रु १२ करोड ६९ लाख सात हजार र लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड १६ लाख ११ हजार ४५३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । 

    कारोबार भएका कम्पनीहरु मध्ये ११० कम्पनीको शेयर उकालो लागेको छ भने ५३ कम्पनीको शेयर ओरालो लागेको छ । कूल १३ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा सिभिल लघुवित्त वित्तीय संस्था १०, विशाल बजार कम्पनी ९।९८, गुर्खाज फाइनान्स ९।९७, नारायणी डेभलपमेन्ट ९।९८, स्वाभिमान लघुवित्त ९।९६, आरम्भ चौतारी लघुवित्त ९।९५, सामुदायिक लघुवित्त ९।९५, समिट लघुवित्त वित्तीय संस्था ९।९५ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९।९५ प्रतिशतले कमाए । यसैगरी समृद्धि फाइनान्स ४।१४, एभरेष्ट बैंक ३।८३, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३।६४, गुडविल फाइनान्स ३।०७, मिर्मिरे फाइनान्स २।९३, आइएमई जनरल इन्स्योरेन्स २।४३ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २।३७ प्रतिशतले गुमाए ।
    –––

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार