Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा जेठ २८ गते फैसला आउने


    बिहिबार, जेष्ठ १ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको एक दर्जन रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने भएको छ ।

    प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुँडाल र डा.नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।

    बिहीबार दुवै पक्षको बहस र जवाफी बहस समेत सुनेपछि सर्वोच्च अदालतले दुई साताभित्र (१६ जेठभित्र) बहस नोट पेश गर्न पनि दुवै पक्षलाई आदेश दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार