काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पाण्डेले यस्तो आपत्ति जनाएका हुन् । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेका छ ।
प्रतिनिधिसभा नियमावली अनुसार उक्त छलफलमा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने छ । तर, आजको बैठकमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै उनले आपत्ति जनाएका हुन् ।
उनले भने, ‘अहिले हामी आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरिरहेका छौं । यो छलफलमा माननीय उपप्रधान तथा अर्थमन्त्रीज्यू उपस्थित भएर हाम्रो सदनमा भएका विषयवस्तुहरूलाई सरकारले सुनेर मनन गरेर सांसदका आवाजलाई लैजानुपर्ने थियो । त्यसकारण अर्थमन्त्रीज्यूलाई सदनमा उपस्थित गराएर यो सदनलाई अगाडि बढाउनका लागि म सभामुखज्यूसँग यो नियमापत्ति गर्न चाहन्छु ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend