Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतका निलम्बित कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज


    बुधबार, बैशाख ३१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले जनमत पार्टीको निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

    यादव पत्नी ललिताकुमारी यादवले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । पति यादवलाई गैरकानुनी थुनामा राखिएको भन्दै जिल्ला प्रहरी कार्यालय ललितपुर र जनमतका प्रवक्ता डा। शरदसिंह यादवलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।

    जनमतका नेता यादव हाल प्रहरी हिरासतमा छन् । न्यायाधीसद्वय हरिप्रसाद फुँयाल र तीलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट मंगलबार खारेज गर्न आदेश दिएका हुन् ।

    ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता भएको थियो । ललितपुर जिल्ला अदालतबाट यादवविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनी ७ वैशाखमा पक्राउ परेका थिए ।

    जनमतको पार्टी कार्यालय सञ्चालनका लागि खरिद गरिएको काठमाडौंको घर श्रीमतीको नाममा गराएपछि उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात जाहेरी दर्ता भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार