Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एटीएमबाट पैसा चोर्न खोज्ने एकजना पक्राउ


    सोमबार, माघ ५ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा एटीएम फोडेर चोरी गर्न खाेज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 

    पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २८ वर्षीय कमलबहादुर धानुक रहेका प्रहरीले जनाएकाे छ ।

    उनले आइतबार राति नागार्जुन नगरपालिका–२ ठूलोभर्‍याङस्थित एनआईसी एशिया बैंकको एटीएम फोडेर चोरी गर्न खाेजेका थिए । उनलाई एटीएम फुटाउँदै गर्दा प्रहरीले पक्राउ गरेकाे हाे । 

    प्रहरीका अनुसार एटीएम फाेड्न खाेज्ने अर्का एकजना फरार रहेका छन् । फरार व्यक्तिकाे खाेजि जारी रहेकाे र थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार