Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालिका बलात्कारको आरोपमा पक्राउ


    सोमबार, माघ ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विक रहेका छन् । 

    पक्राउ परेका विकले तिलोत्तमा नगरपालिका-१५ की पाँच वर्षीय बालिकालाई माघे सङ्क्रान्तिकाे दिन बलात्कार गरेका थिए । बालिकाले बलात्कार गरेको उजुरी दिएपछि त्यसैका आधारमा पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले जानकारी दिए । 

    बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाडाैं ल्याइएकाे छ । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार