Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सांसद माया राईविरुद्ध मुद्दा दायर


    मंगलबार, बैशाख ३० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजन मार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

    यो सहकारी ठगी प्रकरणमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिमाथि मुद्दा दायर भएको थियो । उनी पछि धरौटीमा रिहा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार