Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवीन्द्र मिश्रलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा निवेदन दर्ता


    मंगलबार, बैशाख ३० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । रवीन्द्र मिश्रलाई पक्राउ गर्ने र हिरासतमा राख्न अनुमति दिने जिल्ला अदालत काठमाडौंविरुद्ध बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।

    आफ्ना पति एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सरकारले गैरकानुनी थुनामा राखिएको दावी गर्दै सारिका कार्कीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी हुन् ।

    मंगलबार दर्ता भएको निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ । उनले नेपाल सरकार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला अदालत, महान्यायाधीवक्ता, महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय लगायतलाई विपक्षी बनाएकी छन् ।

    गैरकानुनी रुपमा थुनामा राख्ने उद्देश्यले एकपछि अर्को आरोप थपिएको, अनुसन्धानमा प्रगति नहुदा पनि अदालतले थुनामा म्याद थप्ने अनुमती दिइरहेको भन्दै उनले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरेकी हुन् ।

    मिश्रलाई तीनकुनेमा बैशाख १५ गते भएके राजावादी आन्दोलन भड्काएको आरोपमा पक्राउ गरी बैशाख १६ गतेदेदि हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनी लगायतलाई आज सातौं पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार