काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा सरकारले गरेका जनविरोधी गतिविधिबाट जनतामा देखिएको असन्तुष्टिलाई राजावादी र प्रतिगामी शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्।
सुर्खेतमा आज (सोमबार) बाट सुरु भएको पार्टीको भातृ संगठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले राजा–महाराजाहरूले देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरेको समेत दाबी गरे।
‘चैत्र १५ गते काठमाडौंमा गरिएको समाजवादी मोर्चा र माओवादी केन्द्रको संयुक्त प्रदर्शनले राजावादीहरूको बेलुन फुटायो,’ प्रचण्डले भने, ‘यी तिनै राजा–महाराजाहरू हुन् जसले जनतालाई शताब्दीयौँ शोषण गरे। देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरे। आफ्नै वंशको हत्यारा पत्ता लगाउन कुनै जागर देखाएनन्। उनीहरूले जनताको रक्षा गर्न सक्छन् भनेर कसरी विश्वास गर्नेरु’
उनले संविधानसभा, १२ बुँदे समझदारी, र जनयुद्धका विभिन्न मोर्चाको स्मरण गर्दै भने, ‘गणतन्त्र स्वतः आइपुगेको होइन, जनताले लडेर ल्याएको हो। त्यो त्याग र बलिदानको मूल्यलाई कसैले भुल्न मिल्दैन।’
प्रचण्डले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए।
‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरूप चाहन्छौं,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली खर्चिलो, अपारदर्शी र जनविरोधी छ। यसले जनताको प्रतिनिधित्व होइन, पैसाको चलखेललाई संस्थागत गरिरहेको छ।’
प्रचण्डले माओवादी बलियो भए मात्रै नेपाली जनता बलियो हुने बताउँदै भने, ‘हामी ७७ वटै जिल्लामा पुग्दैछौं। समाजवादी आन्दोलन फेरि सशक्त रूपमा अघि बढ्छ। समाजवादी गणतन्त्रको बाटो छाडिंदैन।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend