Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्थानीय सेवा ऐन माग गर्दै सुदूरपश्चिमका कर्मचारी आन्दोलनमा, कार्यालयमा हाजिर नहुने चेतावनी


    सोमबार, बैशाख २९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

    स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै कर्मचारी प्रदेश संघर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो । धनगढीको पार्कमोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि गएर कर्मचारीहरू धर्ना बसेका छन् ।

    आफ्ना माग सम्बोधन गर्न प्रदेश सरकारलाई पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ । यस पटक माग सम्बोधन नभए कुनै पनि कर्मचारी स्थानीय तहका कार्यालयमा हाजिर नहुने चेतावनीसमेत दिएका छन् ।

    अन्य प्रदेशले स्थानीय सेवा ऐन बनाएर लागू गरिसक्दा सुदूरपश्चिमले ऐन जारी गर्न नसकेको उनीहरूको भनाई छ । ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवादेखि अन्य वृत्ति विकासमा समस्या भएको उनीहरूले बताए ।

    २०८० देखि ऐन जारी गर्न माग राखे पनि समयमा सम्बोधन नहुँदा आन्दोलनमा उत्रिनुपरेको उनीहरू बताउँछन् ।

    सरकारले यथाशीघ्र ऐन जारी नगरे सबै स्थानीय तहमा तालाबन्दी गरेर आन्दोलन लम्ब्याउने कर्मचारीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार