Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मेसिन बिग्रिएपछि अत्यावश्यक लाइसेन्स छपाइ बन्द


    आइतबार, बैशाख २८ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रिन्टिङ मेसिनमा समस्या आएपछि अत्यावश्यक सवारी चालक अनुमति पत्र(लाइसेन्स)छपाइ बन्द भएको छ ।

    २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको यातायात विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ ।

    विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

    यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार