काठमाडौं । नेपाली कांग्रेसले अर्थविद् डा। विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रस्ताव गरेको छ ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको नाम गभर्नरमा अगाडि सारेको स्रोतको भनाइ छ । सभापति देउवाले डा गुणाकर भट्टलाई गभर्नर बनाउन नसकिने भए पौडेललाई बनाउन प्रस्ताव गरेका हुन् ।
डा पौडेललाई गभर्नर प्रस्ताव गरिएको नेपाली कांग्रेसले पनि पुष्टि गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भट्टलाई गभर्नर बनाउन नसकिएपछि सभापति देउवाले नयाँ नाम दिनुपरेको बताएका छन् ।
डा पौडेल अहिले गभर्नर सिफारिस समितिका सदस्य छन् । अर्थमन्त्री विष्णु पौडेल संयोजकत्व अहिले अपूर्ण छ । सो समितिको सदस्यबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले एक सातअघि नै समितिको बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका थिए । सो समितिले पूर्णता पाएपछि मात्र उनको नाममा छलफल हुनेछ ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend