काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति प्रति आक्रोश पोखेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले ‘सरकार डरले रूझेको बिरालो भएको छ’ भन्ने अभिब्यक्ति प्रति आपत्ति जनाउँदै महासचिव पोखरेलले सोधेका छन, ‘प्रचण्डजी तपाई के वोल्दै हुनुहुन्छ ?’ उनले सरकारले गरेका काम कारबाहीको तथ्यांक राख्दै भनेका छन, ‘यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’
उनले बर्तमान केपी ओली सरकार निर्माण भए पछि प्रचण्ड प्रधानमन्त्री हुदाँको भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको दावी गरेका छन । उनका अनुसार ओली सरकार गठन भए पछि विदेशी मुद्राको संचिति बढेको, सोधनान्तर स्थितिमा उल्लेख्य बचत भएकोछ, निर्माण व्यावसायिलाई काम वापतको प्रचण्ड नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको, निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको भन्दै पोखरा–मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदीमा भएको प्रगति उल्लेख गरेका छन ।
‘भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको छ,’ उनले भनेका छन, ‘वैंकको तरलता वृद्धि भएको छ, व्याँजदर घटेको छ र लगानी वृद्धि हुन थालेको छ।’
यसो त, कानून निर्माणको कामले तिव्रता पाएको, कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको र कानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको भन्दै उनले भनेका छन्, ‘भूमि समस्याको समाधानको प्रकृया अघि बढेको छ, सरकारको स्थायित्वको आधार तयार भएको छ ।’
उनको प्रश्न छ, ‘उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend