Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ


    शनिबार, बैशाख २७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् । उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् ।

    मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ ।

    महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन शुक्रबार रथको टुप्पोबाट नरिवल खसाइएको थियो । अबको केही दिनपछि ज्योतिषीले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ ।

    मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मच्छिन्द्रनाथका ज्योतिषीले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । साइतका आधारमा रथलाई तानेर जावलाखेल पुर्‍याइको चार दिनपछि भोटो जात्रा मनाइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार