अमरसिंह दत्ता र हरपालसिंह दत्ता
बीरगंज । दत्ता फाइनान्स, दत्ता ट्रेडिङ कर्पोरेशन, भन्ना फाइनान्स इण्डिया लिमिटेड, दत्ता फाइनान्स एण्ड ट्रेडर्स र दत्ता वाइन कम्पनी जस्ता विभिन्न संस्थाहरू खडा गरी सोझासिधा जनतालाई ५० करोड रुपैयाँभन्दा बढी ठगी गरेका एक पात्र अहिले बीरगञ्जमा बसेर चैनको बाँसुरी बजाइरहेको देख्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ, तर यो घटना यथार्थ हो ।
तत्कालीन जम्मु–कश्मीर राज्यका जम्मु, सम्बा, पुँछ, बरामुल्ला र श्रीनगर क्षेत्रका सयौं नागरिकलाई ‘पाँच वर्षभित्र धनराशि दोब्बर हुन्छ’ भन्ने झुटो भ्रममा पारेर गुरुबचन सिंह दत्ता, उनका छोरा हरपाल सिंह दत्ता र अमरजीत सिंह दत्ताले करोडौं रुपैयाँ अपचलन गरेका थिए । यस सन्दर्भमा जम्मु अदालत र भारतको प्रवर्तन विभाग (ED) ले छुट्टाछुट्टै कारबाही अगाडि बढाएका छन् ।
हरपाल सिंह दत्ता जनताको पैसा लिएर अमेरिका भागेका छन् भने अर्का छोरा अमरजीत सिंह दत्ता हाल नेपालमा बसेका छन् । भारत सरकारले ‘धनशोधन निवारण अधिनियम (PMLA) अन्तर्गत यी दुवै ठग दाजुभाइविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ ।
हरपाल सिंह दत्ता अमेरिका टेक्सास राज्यको हस्टन सहरमा पेट्रोल पम्प सञ्चालन गरेर बसेका छन् भने अमरजीत सिंह दत्ताले झुटो विवरण पेश गरी जन्मकोे आधार देखाई नेपाली नागरिकता प्राप्त गरेका छन् । उनी भारतबाट भागेर नेपाल आउँदा भारतीय बाणिज्य दूतावास काठमाडौंबाट आफू भारतीय नागरिक भएको प्रमाण देखाई बीरगन्जमा आफ्नो ब्यापार गरेर बसेका हुन् ।
गुरुबचन सिंह दत्ताको मृत्यु हुँदा पनि उनका दुबै छोराहरू अन्तिम संस्कारमा समेत सहभागी भएका थिएनन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend